Fundraising 2010/Jimmy appeal 2/ne


  • कृपया पढ्नुहोस्
  • विकिपीडियाका संस्थापक जिमी वेल्सको
  • एउटा जरुरी निवेदन
  • म एउटा स्वयंसेवक हुँ।

    विकिपीडियामा काम गर्दा मैले एक रुपैयाँ पाउँदिन, न त अरु हजारौं हजार स्वयंसेवक लेखक र सम्पादकहरुले नैं पाउँछन्। जब मैले विकिपीडियाको स्थापना गरें त्यसबेला मैले यसलाई विज्ञापनको बैनर दिएर लाभ कमाउने कम्पनी बनाउन सक्थें तर मैले केहि अलग गर्ने निर्णय लिएँ।

    व्यापार ठीक हो, विज्ञापन नराम्रो होइन तर त्यो यहाँ छैन, विकिपीडियामा छैन।

    विकिपीडियाको अलग विशेषता छ। यो एउटा पुस्तकालय वा सार्वजनिक उद्यान हो। यो मस्तिष्ककोलागि मन्दिर हो। यो यस्तो ठाउँ हो जहाँ हामी सबै सोच्न सक्छौं, सिक्न सक्छौं र आफ्नो ज्ञान अरुलाई बाँड्न सक्छौं । यो एउटा अद्वितीय मानवीय परियोजना हो, जो इतिहासमा पहिलो आफ्नै किसिमको छ। यस ग्रहका प्रत्येक व्यक्तिलाई स्वतन्त्र विश्वकोष प्रदान गर्ने यो मानवतावादी परियोजना हो।

    हर एक व्यक्ति।

    यदि सबै चालिस करोड विकिपीडियाका प्रयोगकर्ताहरु प्रत्येकले १ डलर दान दिनु हो भनें हामीलाई आवश्यकता परेको सम्पत्तिको २० गुणा सम्पत्ति हामीसित जम्मा हुने थियो। हाम्रो यो सानो संगठन हो, अनि यसलाई दह्रिलो र कसिलो राख्न मैले वर्षौं परिश्रम गरें। बर्बादी अरुकोनिम्ति छोड्दै हामी हाम्रो मिसन पूरा गर्छौं ।

    विज्ञापनको सहारा नलिकन यो काम गर्न हामीलाई तपाईंको आवश्यकता छ। तपाईं नैं हुनुहुन्छ जसले यो सपना पूरा गर्न सक्नुहुन्छ। तपाईं नैं हुनुहुन्छ जसले विकिपीडियालाई बनाउनु भएकोछ। तपाईं नै हुनुहुन्छ जसले शान्त प्रतिबिम्बको स्थान र ज्ञान सर्वोपरी हो भन्ने कुरामाथि विश्वास राख्नुहुन्छ।

    यस वर्ष, कृपया $२०, $३५, $५० अथवा जति सक्नुहुन्छ विकिपीडियालाई रक्षा गर्न र जीवित राख्न दान गर्नुहोस्।

    धन्यबाद

    जिमी वेल्स

    संस्थापक विकिपीडिया