विश्वव्यापी आचार संहिता/समाचारपत्र/१

This page is a translated version of the page Universal Code of Conduct/Newsletter/1 and the translation is 100% complete.
विश्वव्यापी आचार संहिता समाचार
 next issue

विश्वव्यापी आचार संहिता समाचारको पहिलो अङ्कमा यहाँलाई स्वागत छ! यो समाचारपत्रले विकिमिडियनहरूलाई नयाँ विकास हुने नीति र दिशानिर्देशहरूसँग संलग्न रहनमा मद्दत गर्नेछ, र प्रासङ्गिक समाचार, शोध, र युसिओसीसँग सम्बन्धित आगामी घटना कार्यलाई वितरित गर्नेछ। आउने अङ्कको लागि प्रतिक्रिया वा विचार युसिओसी समाचारपत्र वार्ता पृष्ठमा राख्न सकिनेछ। अध्ययन र योगदान दिनको लागि यहाँलाई धन्यवाद।

यदि तपाईँ भविष्यका अङ्कहरू यहाँको वार्तालाप पृष्ठ, चौतारी, वा कुनै खास पृष्ठहरूमा पाउन चाहनुहुन्छ भने, तपाईँले यहाँ सदस्यता लिन सक्नुहुन्छ

यहाँको सहभागिता धेरै महत्त्वपूर्ण छ। यहाँले हामीलाई यहाँकै भाषामा समाचारपत्रका अङ्कहरू अनुवाद गरेर यो समाचार विस्तार गर्न र नयाँ निर्माण हुने नीति सम्बन्धी जानकारीहरू सामुदायिक सदस्यहरूसम्म पुर्‍याउन र हाम्रो प्रिय समुदायलाई सुरक्षित राख्न सक्नुहुन्छ। यदि तपाईँ मस्यौदा अङ्कको बारेमा पहिले नै सूचित हुन चाहनुहुन्छ र समाचारपत्रलाई आफ्नो भाषामा अनुवाद गर्न चाहनुहुन्छ भने कृपया यहाँ आफ्नो नाम थप्नुहोस्

सम्बद्ध परामर्श

सन् २०२१ मार्च र अप्रिलमा, विकिमिडिया अभियान अन्तर्गत रहेका सबै आकार, प्रकार, र अनुभव भएका पृष्ठभूमि सम्बद्ध व्यक्तिहरूलाई छलफलमा भाग लिनको लागि आमन्त्रित गरिएको थियो र विभिन्न माध्यम प्रयोग गरेर उनीहरूको अनुभव, विचार, र सुझावहरूको आधारमा कार्यान्वयन मार्ग र प्रतिवेदन प्रक्रियाहरूको स्पष्ट परिभाषा सिर्जना गर्न सकियोस्। हालसम्ममा २५ भन्दा बढी बैठकहरू सञ्चालन भइसकेका छन् र सर्वेक्षणमा १४७ भन्दा बढी प्रतिक्रिया प्राप्त भएको थियो जुन २७ वटा विभिन्न सम्बद्ध समूहहरूको प्रतिनिधित्व गर्दै ८ भाषाहरूमा फैलाइएको थियो, थप सहयोगीहरूले आन्तरिक छलफल गरेका थिए र उनीहरूको नियमित आधिकारिक बैठक प्रस्तावमा युसिओसी पाठ पनि समावेश गरे र सामूहिक प्रतिक्रिया प्रदान गरेका थिए।

सम्बद्ध समूहहरूसँग गरिएको छलफलको सारांश रिपोर्ट यहाँ उपलब्ध छ।

सन् २०२१ प्रमुख प्रश्न परामर्श

अप्रिल र मे महिनामा, विकिमिडिया फाउन्डेसनले विश्वव्यापी आचार संहितालाई समावेशी र विविध समुदायहरूको आवश्यकता अनुकूल बनाउन कार्यान्वयनको बारेमा सकेसम्म धेरै सहभागीहरूबाट सुझाव सङ्कलन गर्न खोजेको थियो। सन् २०२१ को प्रमुख प्रश्नहरू सहितको परामर्श सारांश प्रतिवेदन उपलब्ध छ।

२४७ भन्दा बढी सहभागीहरू जसमा प्रशासकहरू, कार्यकारीहरू, मध्यस्थता समिति सदस्यहरू, सम्बद्ध कर्मचारीहरू, र १६ विभिन्न परियोजनाहरूका नयाँ र स्थापित योगदानकर्ताहरूले यी परामर्श, गोल-मेच बैठकहरू, र अन्य चलिरहेको कुराकानीहरूमा भाग लिएका थिए। सारांशमा अन्य स्वयंसेवकको अगुवाईमा भएको छलफल र विश्वव्यापी आचार संहिताको कार्यान्वयन सम्बन्धी पहलहरूको सामग्री पनि सामेल छ।

जबकि सहभागीहरूले उठाएका सुझाव, विचार, र चिन्ताहरू व्यापक रूपमा फरक थिए यद्यपि समुदायका साझा विषयवस्तुहरू अवलोकन गर्न सम्भव थियो। सहभागीहरूले निजी प्रतिवेदन प्रणालीको आवश्यकता र जोखिमहरू, वर्तमान कार्यान्वयन र समीक्षा प्रणालीमा उपस्थित त्रुटिहरू, सान्दर्भिक संवेदनशीलताको आवश्यकताको बारेमा आफ्नो राय व्यक्त गरे र स्वयंसेवकहरूको लागि थप समर्थन उपलब्ध हुने इच्छा व्यक्त गरेका थिए। धेरै सहभागीहरूले महसुस गरे कि समुदायले संशोधन र अनुमोदन प्रक्रियामा अर्थपूर्ण भूमिका जारी राख्नुपर्दछ।

गोलमेच बैठक छलफल

विश्वव्यापी आचार संहिता सहजकर्ता टोलीले सन् २०२१ मे १५ र २९ मा विश्वव्यापी आचार संहिताको कार्यान्वयनको बारेमा छलफल गर्न गोलमेच छलफलको आयोजना गरेको थियो। बैठक समयावधि करिब ९० मिनेट रहेको थियो भने प्रत्येक बैठकमा २०-२५ विकिमिडियनहरू सम्मिलित थिए जसमा उनीहरूले मुख्य प्रश्न र नयाँ विचारहरूको निकास गर्न र चासोको अन्य विषयहरू युसिओसी दोस्रो चरणको मस्यौदा समितिसँग साझेदारी गर्न छलफल गरेका थिए।

गोलमेच बैठकको मुख्य अंशमा बहु-परियोजना मध्यस्थता समिति प्रवर्तन प्रारूपको सम्भावना र चुनौतिहरूको बारेमा छलफल, कार्यान्वयन प्रक्रियाको पारदर्शिता, प्रणालीगत पूर्वाग्रह बारे छलफल, युसिओसी समुदायको अनुमोदन प्रक्रिया जस्तै देखिनुपर्दछ र आदर्श कार्यान्वयन प्रारूप र मार्गहरूको बारेमा गहिरो कुराकानी भएको थियो।

अर्को गोलमेच बैठक सत्र १२ जुन ५:०० बिहान युटिसीको लागि निर्धारित गरिएको छ।

दोस्रो चरणको मस्यौदा समिति

सार्वभौमिक आचार संहिता मस्यौदा समिति दोस्रो चरणको लागि भेला गरिएको छ र सन् २०२१ मे १३ मा आफ्नो काम सुरु गरिसकेको छ। समितिमा १५ सदस्यहरूको एक समूह रहेको छ जसमा ९ विभिन्न देशका विकिमिडियनहरू सामेल छन् जसले हाम्रो परियोजनाहरूको ११ भन्दा धेरै भाषामा सम्पादन गर्ने गर्छन्। सामूहिक रूपले उनीहरू १३ विभिन्न परियोजनाहरू र ११ उच्च कार्यकारी भूमिकाहरूमा रहेका छन् जसमा दुई जना वैश्विक प्रबन्धक, विभिन्न परियोजनाहरूमा दुई जना मध्यस्थकर्ता समिति सदस्य र एक जना पूर्व स्टेवर्ड सामेल छन्।

हाल, समितिले टोली र क्षमता निर्माणको अभ्यासबाट मोड्युल र अभ्यासमा सारिरहेको छ जुन कार्यान्वयन दिशानिर्देशहरूको मस्यौदा तयार गर्दछ। मस्यौदा बैठकको छोटो सारांशहरू यहाँ हेर्न र अनुवाद गर्न उपलब्ध छन्।

मस्यौदा समितिको अगस्टको सुरूमा सामुदायिक समीक्षाको लागि युसिओसी लागू गर्न केही मस्यौदा सिफारिसहरू हुनेछन्। थप विवरण चाँडै उपलब्ध हुनेछ।

डिफ ब्लग्स

युसिओसी सहजकर्ताहरूले सन् २०२१ को पहिलो चौमासिकमा भएका स्थानीय सामुदायिक परामर्शको समयमा प्रत्येक समुदायबाट चाखलाग्दो खोज र अन्तर्दृष्टिमा आधारित धेरै ब्लग लेखहरू लेखेका थिए।