विश्वव्यापी आचार संहिता/समाचारपत्र/१/वैश्विक सन्देश

This page is a translated version of the page Universal Code of Conduct/Newsletter/1/Global message and the translation is 100% complete.

Universal Code of Conduct News – Issue 1

विश्वव्यापी आचार संहिता समाचार
अङ्क १, सन् २०२१ जुनपूरा सामचारपत्र पढ्नुहोस्


विश्वव्यापी आचार संहिता समाचारको पहिलो अङ्कमा यहाँलाई स्वागत छ! यो समाचारपत्रले विकिमिडियनहरूलाई नयाँ संहिताको विकासमा संलग्न भइ राख्न मद्दत गर्दछ र प्रासङ्गगिक समाचार, अनुसन्धान, र युसिओसी सम्बन्धित आउँदो समाचारहरूको वितरण गर्दछ।

कृपया ध्यान दिनुहोस्, यो युसिओसी समाचार पत्रको पहिलो अङ्क हो जुन सबै पाठकहरू र परियोजनाहरूमा पहलको घोषणाको रूपमा वितरण गरिएको छ। यदि तपाईँले भविष्यका अङ्कहरू आफ्नो वार्तालाप पृष्ठ, चौतारी, वा कुनै उपयुक्त पृष्ठहरूमा पाउन चाहनुहुन्छ भने तपाईँले यहाँ सदस्यता लिन सक्नुहुनेछ।

तपाईँ हामीलाई यहाँकै भाषामा समाचारपत्रका अङ्कहरू अनुवाद गरेर यो समाचार फैलाउन र नयाँ नीतिहरूको बारेमा हाम्रो प्रिय समुदायलाई जागरूक र सुरक्षित राख्न सक्नुहुन्छ। यदि तपाईँले मस्यौदा अङ्कलाई अगावै अनुवाद गर्न जानकारी चाहनुहुन्छ भने कृपया यहाँ तपाईँ आफ्नो नाम थप्नुहोस्। यहाँको सहभागिताको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छौ।

  • सम्बद्ध परामर्श – सबै आकार र प्रकारका विकिमिडिया सम्बद्ध समूहहरूलाई सन् २०२१ मार्च र अप्रिल भरि युसिओसी सम्बद्ध परामर्शमा भाग लिन आमन्त्रित गरिएको थियो। (पढ्न जारी राख्नुहोस्)
  • २०२१ प्रमुख परामर्श – विकिमिडिया फाउन्डेसनले व्यापक विकिमिडिया समुदायबाट युसिओसी कार्यान्वयनको बारेमा अनुरोध गर्नको लागि सन् २०२१ अप्रिल र मे महिनामा प्रवर्तन कुञ्जी प्रश्नहरू परामर्शको आयोजन गरेको थियो। (पढ्न जारी राख्नुहोस्)
  • गोलमेच बैठक छलफल – युसिओसी सहजकर्ता टोलीले सन् २०२१ मे महिनामा ९० मिनेट लामो दुई वटा सार्वजनिक गोलमेच बैठक छलफल आयोजना गरेको थियो जसमा युसिओसी कुञ्जी प्रवर्तनका प्रश्नहरूको बारेमा छलफल गरिएको थियो। थप छलफल निर्धारित छन्। (पढ्न जारी राख्नुहोस्)
  • दोस्रो चरणको मस्यौदा समिति – युसिओसी दोस्रो चरणको लागि मस्यौदा समितिले सन् २०२१ मे १२ मा काम सुरु गरेको थियो। तिनीहरूको कामको बारेमा थप पढ्नुहोस्। (पढ्न जारी राख्नुहोस्)
  • डिफ ब्लग्स – युसिओसी सहजकर्ताहरूले पहिलो अंशमा भएका स्थानीय सामुदायिक परामर्शको बेला प्रत्येक समुदायबाट चाखलाग्दो खोज र अन्तर्दृष्टिमा आधारित धेरै ब्लग लेखहरू लेखेका थिए। (पढ्न जारी राख्नुहोस्)