विश्वव्यापी आचार संहिता/संशोधित प्रवर्तन दिशानिर्देशहरू/घोषणा/मतदान १

This page is a translated version of the page Universal Code of Conduct/Revised enforcement guidelines/Announcement/Voting 1 and the translation is 100% complete.

विश्वव्यापी आचार संहिताको लागि संशोधित प्रवर्तन दिशानिर्देशहरूमा आगामी मतदान

तपाईंले मेटा-विकीमा थप भाषाहरूमा अनुवाद गरिएको यो सन्देश फेला पार्न सक्नुहुन्छ।

सबैलाई नमस्ते,

जनवरी २०२३ को मध्यमा, विश्वव्यापी आचार संहिताका लागि प्रवर्तन दिशानिर्देशहरू दोस्रो समुदाय-व्यापी प्रमाणीकरण मतदानबाट गुज्रनेछन्। यसले मार्च २०२२को मतदान अनुसरण गर्द छ, जसको नतिजा अधिकांश मतदाताहरूले प्रवर्तन दिशानिर्देशहरूलाई समर्थन गरेका थिए। मतदानको क्रममा, सहभागीहरूले महत्त्वपूर्ण सामुदायिक सरोकारहरूलाई हाइलाइट गर्न मद्दत गरे। बोर्डको सामुदायिक मामिला समितिले यी सरोकारका क्षेत्रहरूलाई समीक्षा गर्न अनुरोध गरेका थिए।

स्वयंसेवक-नेतृत्वमा संशोधन समितिले सामुदायिक इनपुटको समीक्षा गर्न र परिवर्तनहरू गर्न कडा मेहनत गरे। तिनीहरूले प्रशिक्षण र पुष्टि आवश्यकताहरू, प्रक्रियामा गोपनीयता र पारदर्शिता, र कागजातको पढ्ने योग्यता र अनुवादयोग्यता जस्ता चिन्ताका क्षेत्रहरू अद्यावधिक गरे।

संशोधित प्रवर्तन दिशानिर्देशहरू यहाँ हेर्न सकिन्छ, र परिवर्तनहरूको तुलना यहाँ भेट्न सकिन्छ।

कसरी गर्ने मतदान?

प्रारम्भिक जनवरी १७, २०२३ देखि, मतदान खुला हुनेछ। मेटा-विकीमा रहेको यो पृष्ठले सेक्योरपोल प्रयोग गरेर मतदान कसरी गर्ने बारे जानकारीको रूपरेखा दिन्छ।

कसले मतदान गर्न सक्छ?

यस मतदानको लागि चाहिने योग्यता आवश्यकताहरू विकिमिडिया बोर्ड अफ ट्रस्टीको चुनाव जस्तै छन्। मतदाता योग्यता बारे थप जानकारीको लागि मतदाता जानकारी पृष्ठ हेर्नुहोस्। यदि तपाईं एक योग्य मतदाता हुनुहुन्छ भने, तपाईंले मतदान सर्भरमा पहुँच गर्न आफ्नो विकिमिडिया खाता प्रयोग गर्न सक्नुहुन्छ।

के हुन्छ मतदान गरी सकेपछि?

मतहरू स्वयंसेवकहरूको स्वतन्त्र समूहद्वारा जाँच गरिनेछ, र परिणामहरू Wikimedia-l, आन्दोलन रणनीति फोरम, Diff र मेटा-विकीमा प्रकाशित गरिने छ। मतदाताहरूले फेरि मतदान गर्न र दिशानिर्देशहरूको बारेमा उनीहरूको चिन्ता साझा गर्न सक्षम हुनेछन्। प्रवर्तन दिशानिर्देशहरू कसरी अनुमोदन अथवा थप विकास गरिनुपर्छ भनेर ट्रस्टीहरूको बोर्डले समर्थन र उठाएका चिन्ताहरूको स्तरहरू हेर्नेछ।

युसिओसी परियोजना टोलीको तर्फबाट,