रणनीति/विकिमिडिया अभियान/२०१८-२०/सुझावहरू
सन् २०१७ मा हामीले भविष्यमा हाम्रो अभियानलाई मार्गदर्शन गर्नका लागि रणनीतिक दिशानिर्देश तयार गरेका थियौँ: २०३० सम्ममा, विकिमिडिया मुक्त-ज्ञानको पारिस्थितिकी तन्त्रको अपरिहार्य पुर्वाधार बन्नेछ र हाम्रो दृष्टिसँग समान विचार राख्ने जो सुकै हामीसँग जोडिन सक्नेछ।
विगत दुई वर्षको अवधिमा हाम्रो अभियानमा संलग्न मानिसहरू हामीले यस तर्फ कसरी काम गर्न सक्छौँ भन्ने विषयमा छलफल गर्न एक खुल्ला र सहभागितामूलक प्रक्रियामा एक साथ आएका छन्। यसको नतिजा सुझावहरू तथा अन्तर्निहित सिद्धान्तहरूको समूह हो जसले संरचनात्मक तथा प्रणालीगत परिवर्तनहरूको प्रस्ताव गर्दछ जसले हामीलाई हाम्रो अभियानको भविष्य सृजना गर्न सक्षम बनाउनेछ। यिनले दीगो र समग्र रूपमा हामी कसरी अगाडि बढ्न सक्छौँ भन्ने कुराहरू समेटेका छन्। यिनले यस्तो तरिकाहरू पेश गरेका छन् जसको माध्यमबाट हामीले नयाँ अवसरहरूको अधिकतम फाइदा लिन सक्छौँ साथै आज तथा भोलिका चुनौतीहरूको सामना पनि गर्न सक्दछौँ। यिनले ज्ञानमा निष्पक्षता र सेवाको रूपमा ज्ञानको लागि हामीले कसरी प्रयास गर्न सक्दछौँ भनी सुझाव दिएका छन्। ताकि जो सुकैले - जो पहिल्यै देखि हाम्रो अभियानमा संलग्न छ वा यसमा शामिल हुन इच्छा गर्ने जो कोहीले - मुक्त ज्ञानलाई ग्रहण गर्न, बाँड्न र मुक्त ज्ञानमा पहुँच बढाउन भूमिका निभाउन सक्दछन्।
सुझावहरू निम्नानुसार छन्:
सुझावहरूलाई कसरी पढ्ने
तलका पृष्ठहरूमा तपाईँले अभियान रणनीति दस्तावेजको अन्तिम संस्करण पाउनुहुनेछ जसमा परिवर्तनका लागि १० सुझावहरू, १० मार्गदर्शक सिद्धान्तहरू, र एउटा परिवर्तनको कथा रहेका छन्; जसले हामीलाई समग्रमा रणनीतिक दिशामा अघि बढ्न यी सुझावहरू कसरी जोडिन्छन् र डिजाइन गरिएका हुन् भन्ने कुरा बताउँदछ। यहाँ दस्तावेजका मुख्य शब्दहरूको एउटा शब्दावली र सारांश पनि छ। सुझावहरूका पछिल्ला संस्करणहरू र यस अन्तिम संस्करणको बीचमा के के परिवर्तन भए, यो हेर्नको लागि परिवर्तन इतिहास एक पल्ट हेर्नुहोस्।
सुझावहरू के, परिवर्तन र कार्यहरू, र दलील ढाँचामा राखिएका छन्। के भनेको पहिचान गरिएको आवश्यकता वा आकांक्षात्कम रणनीतिक केन्द्र हो। परिवर्तन र कार्यहरूले केलाई प्राप्त गर्न पुरा गर्नु पर्ने आउटपुट र नतिजालाई दर्शाउँछन्। दलीलले भूमिका र हामीलाई २०३० रणनीतिक दिशा तर्फ बढ्न परिवर्तन र कार्यहरू किन आवश्यक छन् भन्ने विषयमा केही तर्कहरू समावेश गर्दछ। यी सुझावहरू एक अर्कासँग जोडिएका र परस्पर सहायक छन्। तिनीहरूलाई कुनै महत्व वा प्राथमिकताको क्रममा प्रस्तुत गरिएको छैन्।
अभियानले तयार गरेका सुझावहरू
यो सामग्री दुई वर्षको अधविमा संसारभरका लगभग १०० जना विकिमिडियनहरू लगायत, स्वयंसेवकहरू, कर्मचारी तथा सम्बन्धन-प्राप्त समुहहरू र विकिमिडिया फाउन्डेसनका सञ्चालक सदस्यहरू, र सम्बद्ध समूहहरूका प्रतिनिधिहरूले तयार पारेको हो। अनलाइन तथा व्यक्तिगत रूपमा विकिमिडियनहरूसँग छलफल गरेर यसलाई आकार प्रदान गरिएको हो, विकिमिडियनहरूले यसको हरेक खेस्रा चरणमा आफ्ना विचारहरू राखेका थिए। यो वास्तवमै एक अभियान-व्यापी, सहभागितामूलक प्रयास भएको छ। यस सामग्रीको सृजनामा योगदान दिने व्यक्तिहरूको बारेमा थप जानकारीको लागि।
यस सामग्रीलाई अन्य ढाँचा अनुभव गर्न चाहनु हुन्छ?
सुझावहरूको बारेमा पढ्न, सुन्न तथा लेख्नको लागि हामीहरूले विभिन्न माध्यमहरू तयार पारेका छौंः
- सबै सुझावहरू एकै ठाँउमा
- दस्तावेजको पिडिएफ फाइल
- एक पृष्ठको सारांश जसले हरेक सुझावको छोटकरीमा व्याख्या गर्दछ।
- प्रस्तुती
- सुझावहरूका अडियो फाइल र अन्य सामग्रीहरू
- सुझावहरूका भिडियो फाइलहरू
विविधता कार्य समूह सदस्य तथा लेखन समूह सदस्य मार्क मिकेल-रिबेले यस अन्तर्वार्तामा (अङ्ग्रेजीमा) सुझावहरू कसरी तयार गरिए तथा तिनलाई अन्तिम स्वरूप कसरी दिइयो भन्ने सम्बन्धमा समेत आफ्नो विचार राख्नुभएको छ।